बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेस गर्न लगिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उक्त प्रकरणमा पक्राउ परेकाहरुबारे पत्रकार सम्मेलन गरेपछि अदालत लगेको हो।
अदालत लैजाने क्रममा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसहितका अभियुक्तलाई अस्पतालबाट ल्याइएको हो।
मीनबहादुर, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम बिरामी भन्दै अस्पतालमा बसेका थिए।
उनीहरुलाई अस्पतालबाट प्रहरीले अदालत लगेको हो। गौतम** प्रहरीको भ्यानमा चढ्दा हातमा स्लाइन पानीको क्यानोलसहित देखिए।
यसअघि मंगलरबा पक्राउ परेका तीनजना भने छुटिसकेका छन्।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेपछि छुटेका हुन्।
मीनबहादुर, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका कर्मचारी गोपाल कार्कीसहित ४ जनालाई अदालतमा पेस गरिँदैछ।
यस प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पनि समातिएका थिए।
जसमध्ये मीनबहादुर, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम अस्पतालमा बसेका थिए। गोपाल कार्कीलाई मात्रै प्रहरीले हिरासतमा राखेको थियो।
सच्च्याइएको** : यसै समाचारमा असम्बन्धित व्यक्तिको नाम पर्न गएकाले सच्याएका छौँ। -सम्पादक









Shares

प्रतिक्रिया