आज (मंगलबार) राति सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली (आकाशमा बादल) रहनेछ। सुदूरपश्चिमप्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाले भनेको छ, ‘साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।’

महाशाखाले आगामी २४ घण्टा (बुधबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया