ad ad

समाज


ललिता निवास प्रकरण : बन्दीको रिट अझै लागेन टुंगो, भोलि सुरूमै पेसी तोक्न आदेश

ललिता निवास प्रकरण : बन्दीको रिट अझै लागेन टुंगो, भोलि सुरूमै पेसी तोक्न आदेश

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८० आइतबार १८:१, काठमाडौँ

ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केका मालिक मीनबहादुर गुरुङ र सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिटको सोमबार मात्रै टुंगो लाग्ने भएको छ।

आइतबार पेसी तोकिए पनि सुनुवाइ गर्न समय अपुग भएपछि न्यायाधीशहरु सुष्मालता माथेमा र तिलकुमार श्रेष्ठको इजालसले सोमबार पहिलो नम्बरमै पेशी तोक्न आदेश दिएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अब यो रिट सोमबार पहिलो नम्बरमै पेसी तोकिएर सुनुवाइअघि बढ्ने छ।

गत असार ११ गते पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्ली बजारका पूर्व कर्मचारी धर्मप्रसाद गौतम, भाटभटेनीका मीनबहादुर र सचिव राउतले बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।

उनीहरुमध्ये रातउबाहेकलाई गत असार १२ गते नै पक्राउ गरेको थियो। राउतलाई भने गत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। 

मीनबहादुरसहितले असार १३ गते र राउतले असार २७ गते पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। त्यसपछि राउतलाई अदालतमा उपस्थित गराइएपछि उनीहरु सबैको रिट एकै ठाउँ राखेर पेसीमा चढाउन भनेको थियो।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .