ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केका मालिक मीनबहादुर गुरुङ र सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिटको सोमबार मात्रै टुंगो लाग्ने भएको छ।
आइतबार पेसी तोकिए पनि सुनुवाइ गर्न समय अपुग भएपछि न्यायाधीशहरु सुष्मालता माथेमा र तिलकुमार श्रेष्ठको इजालसले सोमबार पहिलो नम्बरमै पेशी तोक्न आदेश दिएका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अब यो रिट सोमबार पहिलो नम्बरमै पेसी तोकिएर सुनुवाइअघि बढ्ने छ।
गत असार ११ गते पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्ली बजारका पूर्व कर्मचारी धर्मप्रसाद गौतम, भाटभटेनीका मीनबहादुर र सचिव राउतले बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।
उनीहरुमध्ये रातउबाहेकलाई गत असार १२ गते नै पक्राउ गरेको थियो। राउतलाई भने गत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो।
मीनबहादुरसहितले असार १३ गते र राउतले असार २७ गते पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। त्यसपछि राउतलाई अदालतमा उपस्थित गराइएपछि उनीहरु सबैको रिट एकै ठाउँ राखेर पेसीमा चढाउन भनेको थियो।
सम्बन्धित समाचार
- मीनबहादरमाथि अभियोग : ललिता निवासको २९ रोपनी जग्गा भाटभटेनीको नाममा हडपियो
- पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित, यी हुन् मुद्दा लागेका १७५ जना
- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
- ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
- मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै
- ललिता निवास प्रकरण : मीनबहादुरसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो
- सचिव राउतलाई सर्वोच्च लगियो, मीनबहादुरसहितको रिटसँगै सुनुवाइ हुने
- सञ्चार मन्त्रालयका सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति
- सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाट पक्राउ
- मुलुक छोड्ने सूचनापछि सचिव राउतमाथि प्रहरीले बढाएको थियो निगरानी
- पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
Shares

प्रतिक्रिया