मनसुनको न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) बिस्तारै नेपालतर्फ नजिकिँदै जाने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। अनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि छ।
बुलेटिनमा अगाडि भनिएको छ, ‘आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना छ।’
उक्त रेखा नेपालतर्फ नजिकिनु भनेको मनसुन थप सक्रिय हुनु हो। जसले गर्दा वर्षा हुने क्रम अझ बढ्नेछ।
यो पनि : काठमाडौँ उपत्यकामा ३ दिनसम्म वर्षा जारी रहने देखिन्छ: मौसमविद्
879
Shares

प्रतिक्रिया