बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले दिएको आदेशअनुसार प्रहरीले २४ घण्टाभित्रै राउतलाई उपस्थित गराइएको हो।
सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले राउतलाई उपस्थित गराउन आदेश दिएका थिए।
उक्त आदेशअनुसार राउतलाई शुक्रबार अदालतमा उपस्थित गराइएपछि अब असार ११ गते पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसहित तीनजाको रिटमाथि पनि सँगै सुनुवाइ हुने भएको छ।
न्यायाधीशहरु सुष्मालता माथेमा र कुमार चुँडालको इजलासले मीनबहादुरहरुसहितको बन्दी प्रत्यक्षीकरण रिट पनि सँगै सुनुवाइ गर्न आदेश दिएको हो।
सचिव राउत र मीनबहादुर, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वकर्मचारी धर्मनाथ गौतमको रिटमाथि सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ।
सम्बन्धित समाचार
Shares

प्रतिक्रिया