ad ad

समाज


सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाट पक्राउ

सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाट पक्राउ

नेपालखबर
असार २४, २०८० आइतबार १७:१८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

बहुचर्चित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विराटनगरतर्फ जाँदै गरेका राउतलाई सीआईबीले पक्राउ गरेको हो।

राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ।

केही महिनाको बीचमा सरकारको उच्च तहका कर्मचारी पक्राउ परेको यो दोस्रो पटक हो। यसअघि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेका थिए।

ललिता निवास प्रकरणमा यसअघि भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित ९ जना पक्राउ परेका छन्। 

सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ।

यस्तै, सीआईबीले ठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो। त्यसैगरी रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरिएको छ।

गत १२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो। यो मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .