समाज


राष्ट्रसंघका पूर्व महासचिव मुनलाई ढाका टोपी र आँखी झ्याल उपहार

राष्ट्रसंघका पूर्व महासचिव मुनलाई ढाका टोपी र आँखी झ्याल उपहार

नेपालखबर
असार २०, २०८० बुधबार ११:०, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई नेपाली ढाका टोपी लगाइदिएका छन्। मोदीले पूर्वमहासचिव मुनलाई आँखी झ्याल उपहार पनि दिएका छन्। 

दक्षिण कोरियाको बुसान सहरमा जारी विभिन्न देशका मन्त्रीहरु सहभागी सम्मेलनमा प्रमुख वक्ताका रुपमा उपस्थित पूर्व महासचिव बान कि मुनलाई मोदीले ढाका टोपी लगाइदिएरमन्त्री मोदीले आँखी झ्याल उपहार दिएका हुन्। 

उपहार दिँदै मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरेका छन्।  

‘नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुनुहुँदा दिनभुएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्छु’, मोदीले भने, ‘नेपाल सरकार सदैव यहाँहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ।’

राष्ट्र संघका पूर्व महासचिव मुनले नेपालले प्राप्त गरेको उपलब्धिको प्रशंसा गरे। उनले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको बताउँदै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad