ad ad

रोचक


सासू रक्सी पिएर लठ्ठिइन्, दुलहीले दिइन् ‘फ्लाइङ किस’, मण्डपबाटै भागे बेहुला

सासू रक्सी पिएर लठ्ठिइन्, दुलहीले दिइन् ‘फ्लाइङ किस’, मण्डपबाटै भागे बेहुला

नेपालखबर
असार २०, २०८० बुधबार ११:९, काठमाडौँ

विवाह समारोहमै झगडाका खबरहरू पनि बेलाबखत आइरहेका हुन्छन्। कतिपय घटना त यस्ता रोचक पनि हुन्छन् जो पत्याउन मुस्किल पर्छ।

केही झगडा यति ठूलो बन्दिन्छन् कि विवाह समेत टुट्न पुग्छ। यस्तै एक घटना भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लामा घटेको छ। बिहे भइरहँदा सासू रक्सीमा लठ्ठिएर डीजेमा नाचेको र मण्डपमा रहेकी बेहुलीले स्टेजमा रहेका मानिसलाई 'फ्लाइङ किस' दिएको भन्दै एक जना बेहुलाले बिहे नै तोडेका हुन्।

बेहुला पक्षले आमा र छोरीमा शिष्टाचार नभएको आरोप लगाएका छन्। दुवैको हर्कतले आफूहरू लज्जित भएको भन्दै बिहे तोडेकोव उनीहरूले बताएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार हयातनगर सरयात्रीन बस्ने ती युवकको गवाना नगरकी युवतीसँग बिहे हुँदै थियो। बिहेको दिन जन्ती लिएर उनीहरू केटीको घर पुगे। बेहुला पक्षका मानिस खुसीमा 'तेरे द्वार पे आई बारात, प्रेम के मोती लूटा दे, नैन स्वागत में बिछा दे..हो ज़रा आदर के साथ, तेरे द्वारे पे आई बारात' गीतमा नाच्दै गाउँदै त्यहाँ पुगेका थिए।

अनुष्ठानको कार्यक्रम सुरु भयो। तर त्यतिन्जेल बेहुलीकी आमा रक्सीमा झुमिसकेकी थिइन्। बेहुला पक्षले भनेको छ, 'दुलहीकी आमाले थाली पनि राम्रोसँग समात्न सकेकी थिइनन्, त्यसलाई बेवास्ता गर्दै अघि बढ्यौँ।'

यसैबीच दुलहीकी आमा डीजेमा नाच्न पुगिन्। एक्कासि उनले चुरोट सल्काइन् धुवाँको मुस्लो उडाउन थालिन्। घटना यतिमै रोकिएन। दुलहीले मण्डपबाट स्टेजमा रहेका मानिसलाई फ्लाइङ किस दिन थालिन्।

यो देखेर बेहुला पक्षको होश उड्यो, र बेहुला मण्डपबाटै उठे। उनको परिवार त्यहाँबाट निस्कियो।

बेहुली पक्षका मानिसले बेहुलालाई मनाउने धेरै प्रयास पनि गरे तर बेहुलाले विवाह गर्न मानेनन्। उनीहरूको परिचय भने खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .