पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। लिखतसम्बन्धी कसुर गरेको आरोपमा पत्रकार भण्डारीलाई प्रहरीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो।
उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो।
साथै, उनीविरुद्ध २०७० साल वैशाख २७ गते इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीबाट समेत ठगी सम्बन्धी कसुरमा मुद्धा चलाएको प्रहरीले जनाएको छ।
भण्डारी सुरक्षा न्युज डट कमका प्रबन्ध निर्देशक हुन्। यो विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
249
Shares

प्रतिक्रिया