सुदूरपश्चिम


रूखको हाँगा खसेर लाग्दा कञ्चनपुरमा एक जनाको मृत्यु

रूखको हाँगा खसेर लाग्दा कञ्चनपुरमा एक जनाको मृत्यु

नेपालखबर
बैशाख २३, २०८० शनिबार १६:५९, काठमाडौँ

रुखको हाँगा खसेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। 

सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो। 

गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो।

उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।    

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ।

‘अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन’, प्रवक्ता डाँगीले भने, 

शव महाकाली अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .