बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन्।
बी एण्ड सीलाई सम्बन्धन दिन रकम माग गरेको उनको दाबी छ। प्रसाईंले यति ठुलो रकम दिन नसक्ने बताएपछि उपाध्यक्ष गिरीले आफ्ना सम्धिका नाममा १० प्रतिशत सेयर हाल्दिन भनेको बुधबार पत्रकार सम्मेलन गरी बताए।
यही पुस १५ गते होटल द्वारिकाजमा भेटर उपाध्यक्ष गिरीले सो रकम माग गरेको उनको भनाइ छ। उनले घुस रकम मागिएको विषयमा नेकपाका नेताहरुलाई समेत जानकारी गराएको बताएका छन्।
प्रसाईंले बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने माग पनि गरे।
प्रतिक्रिया