काठमाडौंमा ट्याक्सीमा छुटेको नगदसहितको एक झोला ट्राफिक प्रहरीले सीसीटीभीको मद्दतबाट खोजी गरी फेला पारेको छ।
फेला परेको नगद १४ हजार र अन्य सामान रहेको रातो झोला महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राज कुमार बैदवारले झोला धनी दिपिका श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।
यही पुस १७ गते अन्दाजी १२ः१० बजेको समयमा सामाखुसीदेखि एयरपोर्ट सम्म जाँदा बा२ज ४३३८ नम्बरको टयाक्सीमा सो झोला छुटेको थियो।
खोजतलास शाखाले सीसीटीभीको माध्यमबाट खोजतलास गरी झोला फेला पारेको महाशाखाले जनाएको छ।
3
Shares
प्रतिक्रिया