राजनीति


अमेरिकी सरकारको वेबसाइटमा ट्रम्पमाथि मुक्का प्रहार भएको तस्बिर पोस्ट भएपछि..

अमेरिकी सरकारको वेबसाइटमा ट्रम्पमाथि मुक्का प्रहार भएको तस्बिर पोस्ट भएपछि..

नेपालखबर
पुस २०, २०७६ आइतबार ९:६,

अमेरिकन फेडेरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम एफडीएलपीको वेबसाइट शनिबार राति ह्याक भएको द गार्जेनले जनाएको छ।

शनिबार उक्त वेबसाइटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुक्का प्रहार भएको फोटो पोस्ट भएको थियो। तस्बिरमा इरानको मुक्काले ट्रम्पको मुहारबाट रगत निस्किएको देखिएको थियो।

अमेरिकी अधिकारीहरुले इरानले उक्त ह्याकिङ गरेको आरोप लगाएको छ। उक्त ह्याकिङ अमेरिकी वर्वादीको सानो प्रयास मात्र भएको ह्याकरले बताएको जनाइएको छ।

वेबसाइटमा ट्रम्पमाथि मुक्का प्रहार भएको तस्बिर सार्वजनिक भएको थाहा पाएपछि अमेरिकी साइबर सेक्युरिटी एजेन्सीले उक्त साइटलाई केहीबेर अफ गरेर तस्बिर हटाएको थियो।

अमेरिकाले इरानका उच्च सैन्य अधिकारीको हत्या गरेको केहीदिनमै उक्त ह्याकिङ भएको हो। इरानले अमेरिकालाई बदला लिने चेतावनी दिएको छ।

The hackers in their message made reference to the death of Qassem Soleimani, and depicted President Donald Trump being beaten by a fist with the Revolutionary Guard insignia

The image above appeared on fdlp.gov on Saturday before the website was taken offline

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .