अमेरिकाको टेक्ससस्थित आफ्नै निवासमा मृत भेटिएका एनआरएनए अभियन्ता कृष्ण लामिछानेको शनिबार अन्त्येष्टि गरिएको छ।
धार्मिक विधिअनुसार टेक्ससमै उनको अन्त्येष्टि गरिएको हो। उनलाई दुई छोरीले दागबत्ती दिए।
गत मंगलबार घरमै मृत भेटिएका लामिछानेको अन्तिम संस्कारमा नेपाली समुदायको ठूलो उपस्थिति थियो।
नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्वअध्यक्ष लामिछाने त्यहाँका नेपालीलाई परेका बेला सहयोग गर्थे। उनको निधनले दुःखी नेपाली समुदायले उनले गरेको सेवाको प्रशंसा गर्दै अन्तिम श्रद्धाञ्जली दिए।
अमेरिकामा रहेका एनआरएनए महिला अभियन्ताको आकस्मिक बैठकले नेपालबाट लामिछानेका बुबा आइपुगेपछि मात्रै उनको दाहसंस्कार गर्न आग्रह गरे पनि लामिछानेका बुवाले आफू अमेरिका आउन सक्ने अवस्था नरहेको बताएपछि शनिबार अन्त्येष्टि गरिएको हो।
उनी अमेरिकामा दुई छोरी र श्रीमतीसँग बसेका थिए। पारिवारिक तनावका कारण उनले आत्महत्या गरेको बताइएको छ।
प्रतिक्रिया