ad ad

ग्लोबल


मिसिसिपीमा टोर्नडो, कम्तिमा २६ जनाको मृत्यु

मिसिसिपीमा टोर्नडो, कम्तिमा २६ जनाको मृत्यु

तस्वीर : सीएनएन


नेपालखबर
चैत १२, २०७९ आइतबार ७:३२, काठमाडौँ

अमेरिकाको मिसिसिपीमा ठूलो टोर्नडो आँधीका कारण ठूलो जनधनको क्षति भएको छ।

शुक्रबार राति पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको हो। 

मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सी (एमईएमए) ले जनाएअनुसार आँधीमा कम्तिमा २६ जनाको मृत्यु भएको छ। क्षतिको यकिन तथ्यांक नआइसकेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सयौँ घाइते भएका छन्। ४ जना बेपत्ता भएकोमा उनीहरूको खोजी भइरहेको बताइएको छ।

घाइते र बेपत्ताको खोजी र उद्वार कार्य भइरहेको एमईएमएले जनाएको छ।

स्थानीय र अमेरिकी संघीय अधिकारीहरूलाई उद्धृत गर्दै एबीसीले टोर्नाडोको लम्बाई राज्यको राजधानी ज्याक्सनबाट ११० किलोमिटरसम्म रहेको थियो।

शनिबार राष्ट्रपति जो बिडेनले पीडितलाई आपतकालीन सहयोग उपलब्ध गराउने प्रतिवद्धता गरेका छन्। 'मिसिसिपिमा देखिएका दृश्य हृदयविदारक छन्, हामी सक्दो सहयोग गर्नेछौँ,' उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .