समाज


विश्वप्रकाशले भने : फेरि कोही प्रेम आचार्य नबनून्

विश्वप्रकाशले भने : फेरि कोही प्रेम आचार्य नबनून्

नेपालखबर
माघ २९, २०७९ आइतबार १६:१८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको इलाममा रहेको घरमा पुगेका छन्। 

महामन्त्री शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमा सूर्योदय नगरपालिका–११ मा पर्ने केराबारीस्थित आचार्यको घरको तस्बिर राख्दै लेखेका छन्, ‘प्रेम आचार्यको परिवारजन भेट्न इलाम पुग्यौं।’

संसद भवन अगाडि आत्मदाह गर्ने आचार्यको परिवारलाई सान्त्वना दिन र फेरि पनि प्रेम आचार्य नबनुन् भनेर ‘गर्नुपर्ने कामहरू’ का लागि आफ्नो तर्फबाट भूमिका निभाउने संकल्प गर्न इलाम पुगेको उनको भनाइ छ।  

‘२५ बुँदाले कयौं प्रतिनिधिमुलक पीडा र प्रश्नहरु बोकेको छ। सरकारदेखि प्रतिपक्षसम्म अनि वित्तीय क्षेत्रदेखि समग्र समाजसम्म हरेकले बितृष्णाका कारकहरुको अन्त्य गर्न गहन ढंगले र गम्भीर ढंगले कार्य गर्नुछ,’ महामन्त्री शर्माले लेखेका छन्। 

बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला आचार्यले माघ १० गते संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका थिए। उनको कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .