समाज


जग्गा विवादमा बुहारीको हत्या, आराेपी पक्राउ

जग्गा विवादमा बुहारीको हत्या, आराेपी पक्राउ

शैलेन्द्र महतो
पुस १०, २०७६ बिहिबार १२:१३,

धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरीमा खुकुरी प्रहार गरी बुहारीको हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–२२ कुर्था घर भएकी २८ वर्षीया रानी देवीको हत्या गरी फरार भएका उनका जेठाजु अन्दाजी ४२ वर्षीय श्रीप्रसाद पजियारलाई प्रहरीले पक्राउ गरेको हो। पजियारलाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राम कुमार यादवको कमाण्डमा खटेको प्रहरी टोलीले पजियारलाई जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेल्वे ट्रयाकबाट बुधवार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिएको हाे। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार आर्थिक लेनदेन र जग्गा विवादको रिसिबीका कारण श्रीप्रसादले बुहारीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बुधबार दिउँसो बडहरीस्थित आँपको बगैंचामा श्रीप्रसादले धारिलो हतियार प्रयोग गरी बुहारी रानीको टाउको, नाक र बायाँ हातको तीन वटा औँला काटेर फरार भएका थिए। उनी गम्भीर घाइते भई छटपटाई रहेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि मोडेल अस्पताल लालगढमा पठाएको थियो। उपचारका लागि लैजाँदै गर्दा रानीसँग सोधपुछको क्रममा आफ्नै जेठाजु श्रीप्रसादले खुकरी प्रहार गरी फरार भएको बयान दिएको उपरिक्षक बस्नेतले बताए।

मोडेल अस्पतालमा रानीको उपचार सम्भव नभएपछि थप उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको र त्यहीँ उनको मृत्यु भएको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ। मृतक रानीका श्रीमान मिश्री पजियार वैदेशिक रोजगारीको क्रममा विगत ३ वर्षदेखि मलेशियामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad