समाज


घरायसी सामान ल्याउन सहज बनाइदिन्छौँ भन्दै घुस लिने सशस्त्रका असई र हवल्दार पक्राउ

घरायसी सामान ल्याउन सहज बनाइदिन्छौँ भन्दै घुस लिने सशस्त्रका असई र हवल्दार पक्राउ

नेपालखबर
पुस १०, २०७६ बिहिबार १२:८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ।

घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै सशस्त्र प्रहरी बलका दुई सदस्यले रु ६ हजार घुस लिएको आरोप लागेको छ।

आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै आयोगले बुधबार महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ। आयोगका अनुसार उनीहरुलाई बुधबार नै पक्राउ गरिएको भए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad