भिडियोहरु यस्ता सार्वजनिक भए जसले फुटबलका दर्शकलाई लाग्न थाल्यो मेस्सी र ग्रीजम्यान साँच्चै मिल्दैनन्।
एक भिडियो सार्वजनिक भएको थियो जहाँ ग्रीजम्यान मेस्सीसँग हात मिलाउन खोज्छन्। तर, मेस्सीले ग्रीजम्यानलाई वास्ता गर्दैनन्।
यद्यपी सिजन अगाडि बढ्दै जाँदा मेस्सी र ग्रीजम्यानको सम्बन्ध दाजुभाइको जस्तो भएको प्रस्ट देखिन्छ। उनीहरुको तालमेल पनि मिलेको छ।
हालै ग्रीजम्यानलाई मेस्सीसँग कस्तो सम्बन्ध छ भनेर यूइएफए डटकममा सोधिएको थियो। ग्रीजम्यालने पुरा अन्तर्वार्ता मेस्सीको प्रशंसा गरेर नै विताइदिए।
ग्रीजम्यान भन्छन्,‘मेस्सी मेरो नजरमा सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनको फुटबल कौशलको गुणस्तर निकै उच्च छ। अब सायद मेस्सीजस्तै खेलाडी देख्न गाह्रो हुनेछ।’
ग्रीजम्यालने भने,‘मेस्सी जस्तो खेलाडी कि त देख्न पाइनेछैन। नभए ४० वर्षमा एकपटक जन्मनेछ।’


प्रतिक्रिया