समाज


फेरि अशान्त ध्रुवे हात्ती, चितवन निकुञ्जमा सैनिकको ज्यान लियो

फेरि अशान्त ध्रुवे हात्ती, चितवन निकुञ्जमा सैनिकको ज्यान लियो

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७८ आइतबार १२:१४, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीको आक्रमणबाट एकजना सैनिकको ज्यान गएको छ। 

केही वर्षदेखि शान्त जंगली हात्ती ध्रुवेको आक्रमणबाट शनिबार राति नेपाली सेनाका एक जवानको मृत्यु भएको हो। 

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ ७ बजे साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको खुलेको छ। 

हात्तीले कुल्चिएपछि घाइते जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति सवा ११ बजे मृत्यु भएको हो। 

ती सैनिक जवानको मृत्युबारे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पुष्टि गरेका छन्। उनका अनुसार हात्तीले कुल्चिँदा ती सैनिक जवानको ढाड भाँच्चिएको थियो। 

‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘ज्यान गुमाएका सैनिक खड्ग दलमा अमलदार पदमा कार्यरत थिए।’

ध्रुवे हात्ती केही दिनदेखि अशान्त देखिएको छ। उसले केही दिनदेखि गाउँमा पसेर बिजुलीका पोल ढाल्नेसम्मका हर्कत गरिरहेको छ। 

ध्रुवेका पाँच वर्षयता नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिइसकेको छ। ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिकका बस्ती र निकुञ्जको बाटो भएर भरतपुर-माडी आवतजावत गर्ने कठिन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .