ad ad

कारोबार


नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न

नेपालखबर
माघ २, २०७८ आइतबार १२:१२, काठमाडौँ

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २०औँ वार्षिक साधारणसभा यस बैकका अध्यक्ष राम प्रसाद रोपाखेतीको अध्यक्षतामा भब्यताका साथ सम्पन्न गरेको छ । 

चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमवाट सौराहा स्थित होटल सेन्ट्रलपार्कमा पुस २९ गते सभा सम्पन्न गरेको हो । 

संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ। 

सभाले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७८÷०७९ को लागि लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकताअनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागि आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .