समाज


ब्राउन सुगरसहित १० जना युवक पक्राउ

ब्राउन सुगरसहित १० जना युवक पक्राउ

नेपालखबर
माघ २, २०७८ आइतबार ७:४१, काठमाडौँ

प्रहरीले सुर्खेतबाट लागू औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। 

वीरेन्द्रनगर नगरपालिका–१० स्थित होटल बुलबुले भ्यु टु र होटल आसपासका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

होटलमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ का ३० वर्षीय सुमन खत्री, २२ वर्षीइ कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर–४ निवासी २३ वर्षीय रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा छन्। 

त्यस्तै दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दीपक थापा, नारायण नगरपालिका ११ का २९ वर्षीय सागर चन्द, वडा नम्बर ८ बस्ने २३ वर्षीय क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–१ बस्ने २४ वर्षीय डम्बर खड्का, कालिकोट महाबै गाउँपालिका –३ का २२ वर्षीय जीवन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको साथबाट ६३० मिलिग्राम ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस ४ ग्राम  र गाँजाको धुलो ३२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको विषयमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि वढाइएको डिएसपी घर्तीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .