ग्लोबल


महिलालाई अभद्र टिप्पणी गरेको आरोपमा हरिद्वारमा हिन्दुवादी नेता पक्राउ

महिलालाई अभद्र टिप्पणी गरेको आरोपमा हरिद्वारमा हिन्दुवादी नेता पक्राउ

फाइल तस्बिर : महिलालाई अभद्र टिप्पणी गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी नेता यती नरसिंहानन्द।


नेपालखबर
माघ २, २०७८ आइतबार ७:९, काठमाडौँ

भारतको हरिद्वार प्रहरीले महिलालाई अभद्र टिप्पणी गरेको आरोपमा हिन्दुवादी नेता यती नरसिंहानन्दलाई  पक्राउ गरेको छ।

हरिद्वारका प्रहरी उपरीक्षक योगेन्द्र सिंह रावतले नरसिंहानन्दलाई पक्राउ गरिएको कुरा बीबीसी हिन्दीसँग पुष्टि गरेका छन्।

हरिद्वार प्रहरीका प्रवक्ता इन्स्पेक्टर विपिन पाठकले भनेका छन्, ‘स्वामी यती नरसिंहानन्दविरुद्ध हरिद्वार प्रहरीमा धेरै मुद्दा दर्ता भएका छन्। उनलाई मुद्दा नम्बर १८/२२ मा पक्राउ गरिएको हो। उनीविरुद्ध रुचिका नामकी युवतीको उजुरीले दिएकी हुन्।’

पाठकका अनुसार, ‘स्वामी यती नरसिंहानन्दलाई महिलाहरूप्रति अभद्र टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको छ। धर्म संसदमा भड्काउने भाषण गरेको आरोपमा पनि उनीविरुद्ध मुद्दा चलाइएको छ।’

को हुन् यती नरसिंहानन्द?
हरिद्वारमा भएको धर्म संसदको समयमा उनले अल्पसंख्यक मुस्लिमविरुद्ध भड्कावपूर्ण भाषण दिएका थिए। यती नरसिंहानन्द विगतमा पनि आफ्ना अभिव्यिक्ति र कामका ाविवादमा आएका थिए।

पैगम्बर मोहम्मदविरुद्ध अपमानजनक भाषा प्रयोग गरेको र मुस्लिम समुदायको धार्मिक भावनामा चोट पुर्‍याएको आरोप पनि उनलाई लागेको छ।  

यति गाजियाबादको डासनामा रहेको त्यही देवी मन्दिरका महन्त हुन्, जहाँ गत मार्च ११ मा मुस्लिम बालक आसिफलाई धाराबाट पानी पिएको भन्दै निर्मम रूपमा कुटपिट गरिएको थियो र उनको भिडिओ भाइरल भएको थियो।

त्यसपछि महन्त यती नरसिंहानन्दले घटनाप्रति आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .