समाज


बुलबुल समुद्री आँधी बंगालको खाडीमा आइपुग्यो, भारत र बंग्लादेशमा २० लाख मानिस स्थान्तरण

बुलबुल समुद्री आँधी बंगालको खाडीमा आइपुग्यो, भारत र बंग्लादेशमा २० लाख मानिस स्थान्तरण

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ११:५२,

उक्त आँधीले शनिबार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो।

त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आँधीका कारण दुई मानिसहरूको ज्यान गइसकेको छ।

पश्चिम बङ्गाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ। जसमा व्यस्त कोलकाता विमानस्थल समेत छ।

बुलबुलको मार्गमा पर्ने सुन्दरवन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बेङ्गल टाइगर प्रजातिका बाघको बसोबास छ।

बाङ्ग्लादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन्।

बाङ्ग्लादेशको विपत् व्यवस्थापन निकायका सचिव शाह कमलले समाचार संस्था एएफपीलाई बताए अनुसार ५,५०० मानिसहरूलाई सुरक्षित आश्रयस्थल लगिएको छ।

Image result for cyclone bulbul;

मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन्।

बाङ्ग्लादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १२० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुन्द्रमा उच्च छाल आउनेछ।

बाङ्ग्लादेशका दुई ठूला समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थल जाने उडानहरू रद्द गरिएका छन्।

हजारौँ स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन्। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad