समाज


प्रधानमन्त्रीका सुरक्षागार्ड शाहीलाई सेनाले प्रहरीको जिम्मा लगायो

प्रधानमन्त्रीका सुरक्षागार्ड शाहीलाई सेनाले प्रहरीको जिम्मा लगायो

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ११:३६,

जुवाखालबाट पक्राउ परेका प्रधानमन्त्रीका सुरक्षागार्ड सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ।

सेनानी शाही कार्तिक १५ गते सामाखुशीस्थित खरीबोटमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए। पक्राउ पछि शाहीलाई प्रहरीले सेनाको जिम्मा लगाएको थियो।थप अनुसन्धानका लागि प्रहरीबाट माग भइआएकोले प्रहरीलाई बुझाइएको जंगी अड्डाले जनाएको छ।

गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारबाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको भन्दै यस नीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको सेनाले जनाएको छ।

गैर कानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐन बमोजिम कारबाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा अनुसन्धानमा सहयोग पुर्‍याउन संलग्न सैनिक व्यक्तिलाई उपस्थित गराउने गरिएको पनि जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad