राजनीति


‘सिमा समस्या समाधान गर्न उपयुक्त अवसर’

‘सिमा समस्या समाधान गर्न उपयुक्त अवसर’

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ११:५३,

प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन्। 

सत्तारुढ नेकपाका नेता भीम रावल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखक, राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको यथेष्ट प्रमाण नेपालसँग रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका हुन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेकपामा नेता रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली भूमि कालापानीमा भारतीय सुरक्षा बल हटाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले उपयुक्त अवसर प्राप्त भएको बताए। उनले नेपालले ती समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता यादवले उच्च स्तरीय राजनीतिक नेतृत्वबीचको वार्ताद्धारा नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेपालसँग आफ्नो मिचिएको भूमि भारतबाट फिर्ता लिन यथेष्ट प्रमाण रहेको पनि उल्लेख गरे।

नेता यादवले दुई मुलुकबीचको सीमा समस्या विगत देखिनै रहेको उल्लेख गर्दै दुई तिहाई मत सहितको बलियो सरकारले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad