ad ad

समाज


चितवनमा ‘हामी दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?’ भनेपछि हत्या : जात व्यवस्था उन्मूलन मोर्चा

चितवनमा ‘हामी दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?’ भनेपछि हत्या : जात व्यवस्था उन्मूलन मोर्चा

मारिएका भीमबहादुर विश्वकर्मा।


नेपालखबर
कात्तिक १, २०७८ सोमबार १६:४०, काठमाडौँ

जात व्यवस्था उन्मूलन मोर्चाले स्थलगत अध्ययन गर्दा मन्दिर प्रवेशकै निहुँमा चितवनमा दलितको हत्या गरिएको पुष्टि भएको दाबी गरेको छ। 

मोर्चाको केन्द्रीय समितिका सचिव महावीर विश्वकर्माले विज्ञप्तिमार्फत  आफूहरूले घटनास्थलमा गई पीडित परिवार तथा प्रत्यक्षदर्शीसँग संवाद गर्दा ‘हामी दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने? भनेपछि विवाद उत्पन्न भएको र त्यस क्रममा स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गर्दा स्थानीय भीमबहादुर विश्वकर्माको मृत्यु भएको प्रमाणित भएको दाबी गरेका हुन्।  चितवनमा आफूले पनि मन्दिर प्रवेश गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा  दलितको हत्या गर्ने दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न जात व्यवस्था उन्मूलन मोर्चाले माग गरेको छ। 

घटना विवरणअनुसार गत असोज २७ गते बिहान भरतपुर महानगरपालिका वडा नम्बर ४ मा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेर माग राख्दा स्थानीय भीमबहादुर विश्वकर्मालाई कुटेरै मारिएको हो। 

यो पनि :

मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा दलितको हत्या, छोराले दिए दुई जनाविरुद्ध किटानी जाहेरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .