ad ad

समाज


मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा दलितको हत्या, छोराले दिए दुई जनाविरुद्ध किटानी जाहेरी

मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा दलितको हत्या, छोराले दिए दुई जनाविरुद्ध किटानी जाहेरी

मारिएका भीमबहादुर विश्वकर्मा


नेपालखबर
कात्तिक १, २०७८ सोमबार १५:३६, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेर माग राख्दा एक दलितको हत्या गरिएको छ। 

परिवारका अनुसार गत असोज २७ गतेका दिन स्थानीय भीमबहादुर विश्वकर्मालाई कुटपिट गरी हत्या गरिएको हो। 

भीमबहादुरका छोरा किसानले मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग गर्दा आफ्ना बुबालाई कुटपिट गरी हत्या गरिएको भन्दै दोषीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। 

हेर्नुहोस् जाहेरीमा घटना विवरण–

यसैबीच हत्यामा संलग्न आरोपमा प्रहरीले दिलीप श्रेष्ठ र सीताराम क्षेत्रीलाई पक्राउ गरेको छ। उनीहरूले जातीय विभेदका कारण नभई रक्सी खाएर होहल्ला गरेकाले भीमबहादुरलाई कुटेको दाबी गरेका छन्। 

घटनाबारे अनु्सन्धान जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .