समाज


शाहरुख खानका छोरालाई धरौटीमा छाड्न मानेन अदालतले, तीन दिन म्याद थप

शाहरुख खानका छोरालाई धरौटीमा छाड्न मानेन अदालतले, तीन दिन म्याद थप

नेपालखबर
असोज १८, २०७८ सोमबार २०:३२, काठमाडौँ

लागुऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान थप ३ दिन अर्थात् यही अक्टोरबर ७ तारिखसम्म एनसीबीको हिरासतमा बस्नुपर्ने भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार मुम्बईको फोर्ट कोर्टमा भएको सुनुवाइको क्रममा एनसीबीले अक्टोबर ११ सम्म हिरासतमा राख्न अनुमति मागेको भए पनि अदालतले अक्टोबर ७ सम्मको म्याद दिएको हो। 

शाहरुखका छोरासँग पक्राउ परेका अरबाज मर्चेन्ट, मुनमुन धमिजा, विक्रान्त चोकर, इस्मित सिंह, नुपुर सारिका, गोमित चोपडा र मोहक जसवाललाई पनि अक्टोबर ७ सम्म नै हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

सोमबार सुनुवाइपछि फोर्ट कोर्टले दिएको आदेशमा भनिएको छ– एनडीपीएस ऐनअन्तर्गत सबै अपराध गैरधरौटी छन्। यसकारण धरौटीमा छुट्ने नछुट्ने प्रश्नै छैन। आरोपितहरूलाई हिरासतमा पठाउन आवश्यक छ। 

याे पनि : शाहरुखका छोरा संलग्न भनिएको ‘ड्रग पार्टी’को भिडिओ सार्वजनिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad