समाज


शाहरुखका छोरा संलग्न भनिएको ‘ड्रग पार्टी’को भिडिओ सार्वजनिक

शाहरुखका छोरा संलग्न भनिएको ‘ड्रग पार्टी’को भिडिओ सार्वजनिक

नेपालखबर
असोज १८, २०७८ सोमबार १४:४०, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को हिरासतमा छन्। उनीहित ८ जनालाई शनिबार मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुज जहाजमा ‘ड्रग पार्टी’ गरिरहेको आरोपमा एनसीबीको टोलीले नियन्त्रणमा लिएको हो। 

भारतीय पत्रिका (अनलाइन) दैनिक भास्करको दाबीअनुसार त्यही जहाजमा गरिएको पार्टीको भिडिओ सोमबार सार्वजनिक भएको छ, जसमा मानिस मस्तसँग नाचिरहेको देखिन्छ। यो दृश्य त्यही पार्टीको भएको दाबी गरिएको छ। तर यो कुरा एनसीबीको टोलीले पुष्टि गरिसकेको छैन। 

भिडिओका लागि यहाँ क्लिक

एनसीबीको भनाइ
एनसीबीका अधिकारीले अभियुक्तहरूका साथबाट १३ ग्राम कोकिन, ५ ग्राम एमडी, २१ ग्राम चरेस, एमडीएमए (एक्स्टसी) का २२ गोली र १.३३ लाख रुपैयाँ (भारतीय) बरादम गरिएको दाबी गरेका छन्। ​

लागुऔषध कारोबारीसँग आर्यनको सम्पर्क

एनसीबीले आर्यन, अरबाज मर्चेन्टसहित अन्य अभियुक्तको फोन जफत गरेर सबै मेसेज हेरेको थियो। यस क्रममा आर्यनले धेरै जना लागुऔषध बिक्रेतासँग सम्पर्क गरेको पाइएको छ। 

याे पनि : 

मुम्बईमा जहाजभित्र ‘ड्रग पार्टी’ चलिरहेका बेला २ युवतीसहित ८ जना पक्राउ, शाहरुख खानका छोरा पनि

लागुऔषध आरोपमा छोरा पक्राउ परेपछि अभिनेता शाहरुखको त्यो भनाइ भयो भाइरल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .