ad ad

रिभ्यु


नक्कली भ्याट बिल प्रकरणः सर्वोच्चको पूर्ण इजलासबाट पनि भाटभटेनी दोषी ठहर

नक्कली भ्याट बिल प्रकरणः सर्वोच्चको पूर्ण इजलासबाट पनि भाटभटेनी दोषी ठहर

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार १७:३४, काठमाडौँ

सर्वोच्च अदालतको पूर्ण इजलासले पनि भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्यअभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ।

यो मुद्दा सर्वोच्चका न्यायाधीशहरू कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासमा माघ ११ देखि निरन्तर सुनुवाइ भइरहेको थियो।

पूर्ण इजलासले पनि २०७६ पुस २८ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासकै फैसला सदर गरेको हो।

भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर चारवटा आर्थिक वर्षमा आयकर तथा मूल्यअभिवृद्धि कर छलेको सर्वोच्चको ठहर छ।

भाटभटेनीले २०६४ सालदेखि लगातार ४ वर्ष नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आन्तरिक राजस्व विभागको अनुसन्धानले देखाएको थियो। यस प्रकरणमा ठूला करदाता कार्यालयले २०६७ मा भाटभटेनीका लागि २२ करोड ६७ लाख कर निर्धारण गरेको थियो। 

त्यसपछि राजस्व न्यायाधीकरणले पनि ठूला करदाताको निर्णलाई सदर गरेको थियो। न्यायाधीकरणको उक्त फैसालाविरुद्ध भाटभटेनीसहितका कम्पनी पुनरावेदमा गएका थिए। 

सर्वोच्चले २०७६ पुस २८ गते भाटभटेनीसहित पाँच कम्पनीलाई दोषी ठहर गरेको थियो। सर्वोच्चको उक्त फैसलामा चित्त नबुझाएर भाटभटेनी पुनरवलोकनमा गएको थियो।

यस प्रकरणमा अब सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि यी सबै कम्पनीको जरिवाना निर्धारण हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .