कारोबार


नक्कली भ्याट बिल प्रकरण: भाटभटेनीसँगै पाँच कम्पन्नी दोषी ठहर

नक्कली भ्याट बिल प्रकरण: भाटभटेनीसँगै पाँच कम्पन्नी दोषी ठहर

नेपालखबर
पुस २८, २०७६ सोमबार १५:५४,

सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको हो।

सर्वोच्च अदालतलको गरेको फैसलाको पाठ तयार भई नसकेकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नुपर्ने भन्ने जानकारी फैसला तयार भइकेपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्र्स, शङ्कर अक्सिजन ग्यास प्रालि, बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .