नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी कानुनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी विधेयक ल्याइनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको उनले उल्लेख गरे। संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्नेमा उनले जोड दिए। सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक रहेको पनि उनले बताए।
बोलेको आधारमा जेल जानुपर्ने, ठूलो जरिवाना भोग्नुपर्नेजस्ता आपत्तिजनक प्रस्ताव विधेयकमा गरिएको भन्दै उनले त्यसलाई संशोधन गरिनुपर्ने बताए।
अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण, फौजदारीकरण गर्न नहुने उनले धारणा व्यक्त गरे। यसलाई फौजदारीकरण गर्ने मानसिकताले ल्याइने विधेयक नै आवश्यक नरहेको उनले बताए।
Shares

प्रतिक्रिया