राजनीति


ललितपुर-२ र भक्तपुर-२ को मतगणना सुरु

ललितपुर-२ र भक्तपुर-२ को मतगणना सुरु

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ४:२, काठमाडौँ

ललितपुरको क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले नेपालखबरलाई बताएअनुसार नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा चार ठाउँबाट मतगणना सुरु गरिएको छ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतगणना भरखरै सुरु भएको छ।

ललितपुर क्षेत्र नं २ मा बेलुका ११ बजेपछि सुरु गर्ने भनिएको मतगणना अलि ढिलाई भएको हो। ललितपुरमा ५० हजार ३४ मत खसेको छ।

ललितपुर–२ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र एमालेबाट प्रेम बहादुर महर्जनसहित दलीय १४ र स्वतन्त्र ८ जना गरी २२ जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।

भक्तपुरमा मत गणना सुरु 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ। भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा मतगणना सुरु भएको हो। 

आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो। त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो। निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार ९३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए। 

जसमा क्षेत्र नं १ मा एक लाख दुई हजार ५२८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार ९११ मतदाता रहेकोमा ६५ हजार ९१९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए। 

भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा (एमाले)का तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ। 

भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ। कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइतबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको छ। चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो। 

 निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन्। प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित दुई सय २२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो। कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो। 

भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad