एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ ।
अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिए।
प्रारम्भिक तथ्याङ्कअनुसार ४१ हजार नौ सय ५६ मत खसेको छ । २० हजार चार सय ७९ पुरुष र २१ हजार चार सय ७७ महिलाले मतदान गरेका छन् । तेह्रथुममा ७१ हजार नौ सय ३३ मतदाता छन् । २९ हजार नौ सय ७७ मतदाता मतदानमा सहभागी भएनन् ।
वैदेशिक रोजगारीमा रहेका, जिल्ला बाहिर भएका मतदाता तथा मतदानमा उत्साह नहुनुजस्ता कारणले मत कम खसेको हुन सक्ने अनुमान गरिएको छ ।
५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल र ९३ स्थायी र एक अस्थायी केन्द्र गरी ९४ मतदान केन्द्र छन् । आइतबार सम्पन्न निर्वाचन तेह्रथुममा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
Shares

प्रतिक्रिया