राजनीति


प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

नेपालखबर
असार २४, २०८३ बुधबार १७:४८, काठमाडौँ

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ। पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो।   

विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरेका सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्याल र एमाले सांसद राजेन्द्रकुमार राईबिच नोकझोक भएको थियो।

उनीहरूबिचको विवादका क्रममा सभामुख अर्यालले आफूप्रति लक्षित सांसद राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। 

सांसद राईले आफ्ना धारणा राख्ने क्रममा ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए। त्यसपछि सभामुख अर्याल आवेशमा आए। उनले तुरुन्तै सांसद राईलाई बोल्नबाट रोके, माइक काट्न निर्देशन दिए। 

बोल्न रोकेपछि सभामुख अर्यालले सांसद राईलाई आफ्नो भनाई सच्याएर माफी माग्न भन्दै समय दिएका थिए। तर, राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले पाँच वर्षसम्म संसद् चलाउने ढाँचा नल्याएको भन्दै थप आलोचना गरे। 

सांसद राईको अभिव्यक्तिबाट चित्त दुखाएका सभामुख अर्यालले त्यसपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad