नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापा रिहा भएका छन्।
काठमाडौँ जिल्ला अदालतले मंगलबार फैसला गर्दै उनलाई सफाइ दिएको थियो। त्यसपछि उनी आज (बुधबार) रिहा भएका हुन्। थापा पुर्पक्षका लागि सुन्धारा कारागारमा थिए।
उनले सफाइ पाएपछि कारागार प्रशासनले अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो।
अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा खोजेका बखत उपस्थित हुने गरी कागज गरेर थापा छुटेका हुन्।
सो प्रकरणमा अदालतले थापासँगै रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका हुन्।
प्रतीक एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्।
6
Shares

प्रतिक्रिया