हेटौँडामा सडक विस्तारका लागि घरहटहरा भत्काउन थालिएपछि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छन्।
हेटौँडामा सडक डिभिजनले सडक क्षेत्रभित्र परेका संरचनामा आज शनिबार (बिहानै) देखि डोजर चलाउन थालेपछि श्रेष्ठले पीडितको साथमा भन्दै उज्यालो पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा घोषणा गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ? मेरो नैतिकता ले दिएन। म हेटौँडापीडितको साथ छु।'
यसअघि सडक डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो। तर अटेर गरेपछि आज बिहानैदेखि ती संरचना भत्काउन थालिएको हो।
शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
Shares

प्रतिक्रिया