गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मृत्युको जिम्मेवारी स्थानीय सरकारको भएको बताएका छन्।
आज (शुक्रबार) संसद्मा बोल्दै उनले काठमाडौँ महानगर प्रहरीले ह्विल लक लगाएपछि घटना भएको भन्दै स्थानीय सरकारमाथि दोष थोपरेका हुन्।
‘तपाईंहरूलाई (सांसद) सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, एउटा संघ, प्रदेश र स्थानीय सरकार,’ गुरुङले भने, ‘जुन ठाउँमा घटना घट्यो त्यो ट्राफिक (प्रहरी) ले ह्विल लक गरेको होइन। नगर प्रहरीले लगाएको छ।’
उनले स्थानीय र प्रदेश सरकार कसको छ भन्दै प्रश्न पनि गरेका छन्। ‘स्थानीय सरकार कसको छ अहिले, रास्वपाको छ? प्रदेश सरकार कसको छ अहिले, रास्वपाको छ?,’ उनले भने, ‘यो नियमकानुन हामीले बनाएको हो? तपाईंहरूले बनाएको कानुन हामीले कार्यान्वयन गरेको हो। हामीले पालना मात्रै गरेको हो।’
Shares

प्रतिक्रिया