अन्तत: हेटौँडामा सडक विस्तार अघि बढाइएको छ।
मकवानपुरस्थित सडक डिभिजन कार्यालयले आज (शनिबार) बिहानैदेखि हेटौँडा बजार क्षेत्रमा सडक सीमाभित्र रहेका संरचना डोजर लगाएर हटाउन थालेको हो।
सडक विस्तारका क्रममा दायाँबायाँ २५-२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो।
यसअघि डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने आआफ्ना घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो।
तर उनीहरूले आन्दोलनमा उत्रिँदै अटेर गरेपछि सडक डिभिजनले आज बिहानैदेखि त्यहाँ डोजर चलाउन थालेको हो।
शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
228
Shares

प्रतिक्रिया