राजनीति


जब आशिका तामाङले आँसु थाम्न सकिनन्

जब आशिका तामाङले आँसु थाम्न सकिनन्

नेपालखबर
असार २६, २०८३ शुक्रबार १६:५२, काठमाडौँ

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा धेरै सांसदहरुले गणेश नेपाली आत्मदाहको विषयलाई लिएर सरकारको विरोध गरे। एमालेको प्रमुख सचेतक ऐन महरले त ‘बालेन्द्र सरकार मुर्दावाद’सम्मको नारा लगाए। 

प्रतिपक्षी सांसदले आवाज उठाएपछि जवाफ दिन राष्टम चढेका थिए गृहमन्त्री सुदन गुरुङ।  उनी सुरुदेखि नै 'रेस्पोन्स' र 'रियाक्ट' दुवै शैलीमा पेश भए। सरकारले गरेका कोसिसहरु सुनाए।

गणेश नेपालीको उपचारका लागि सरकारले सक्दो कोसिस गरेको नागरिकको जीवन बचाउन आवश्यक पर्ने पैसा खर्च गर्न सरकार तयार पनि बताए।  उनको तर्क थियो, ‘विपक्षी दलका सांसदहरुले विरोध गर्नुपर्ने अवस्था छैन।’

संसदमा उनले भने, ‘गृह मन्त्रालयमा बसेर हामीले के गर्दा उहाँहरुलाई सान्त्वना होला भनेर छलफल गर्‍यौँ। पैसाको तपाइँ टेन्सन नलिनुहोस्, सरकारले पैसा खर्च गर्छ। कति पैसा चाहिने हो, आफ्नो नागरिकलाई खर्च गर्छ भनेँ।’

गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि के के भयो भनेर गृहमन्त्रीले विस्तृतमा विवरण सुनाए।

यस्तो थियो उनको सम्बोधन: ‘गणेश नेपालीलाई उपचारका लागि इन्डिया लैजान सुरक्षित रुपमा एयरपोर्ट ट्रान्सफर गर्नुपर्‍यो। त्यसका लागि भीभीआईपी सुरक्षा तैनाथ गरिएको थियो। उनको अवस्था थाहा पाउन डाक्टरसँग कुरा गर्नु पर्‍यो। हामीले इन्डियन साइटलाई पनि पर्मिसन लिनु पर्‍यो, राति भइसकेको थियो। डाक्टर रेडी राख्नुपर्‍यो।

राति परराष्ट्रमन्त्री उठ्नुभयो। परराष्ट्रसचिव उठ्नुभयो। इन्डियन एम्बेसीसँग कोअर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसनपछि उताको एम्सको टिमलाई रेडी गर्नुभयो।

एरोप्लेन स्टेन्ड बाई राख्यौँ, हामीले। म आफैँ गएर त्यहाँ निरीक्षण गरेँ। हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटो पिच भएको छैन। त्यतिखेर हाम्रो गणेश नेपाली एम्बुलेन्समा त्यही बाटो लैजाँदा हल्लेर केही होला कि भनेर, डर लागेर राति नै एयरपोर्ट गएर नम्बर–बी भएर ल्याउनुपर्छ भनेको हो। राति एयरपोर्ट म आफैँ गएको हो। तपाइँहरु यसलाई स्टन्ट बाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबै जनाबाट चाहियो आफ्नो नागरिकको सेवाको लागि।’

गृहमन्त्रीले यति भनिसक्दा संसदमा एउटा फरक दृश्य देखियो। रास्वपाकी सांसद आशिका तामाङ भावुक देखिएकी थिइन्। सुँकसुँकाउन थालेकी थिइन्। हातले मुख छोपिन्। टिस्यु पेपरले आफ्ना आँसु पुछिरहिन्। सांसदहरुले चासो दिएर हेरे। स्थिति निकै भावुक बन्यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad