राजनीति


सी चिनफिङ शनिबार नेपाल भ्रमणमा आउने बेइजिङको घोषणा

सी चिनफिङ शनिबार नेपाल भ्रमणमा आउने बेइजिङको घोषणा

नेपालखबर
असोज २२, २०७६ बुधबार ४:५६,

चीनको परराष्ट्र मन्त्रालयले राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ।

बुधबार परराष्ट्रमन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले ११–१३ अक्टोबरमा नेपाल र भारतको भ्रमण गर्ने घोषणा गरेकी हुन्।

राष्ट्रपति सी २५ असोजमा पहिले नेपाल भ्रमणमा आउने चर्चा भएपनि बेइजिङले बुधबार मात्रै औपचारिक रुपमा मिति घोषणा गरेको हो। परराष्ट्रमन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने प्रवक्ताले घोषणा गरिन्।

‘राष्ट्रपति सी चिनफिङ भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन्’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले बुधबार बेइजिङमा भनिन्।

राष्ट्रपति सीको भारत भ्रमण राजकीय होइन। चेन्नईमा मोदीसँग अनौपचारिक भेटवार्ता गरी उनी नेपालको राजकीय भ्रमणका लागि काठमाडौं आउने तय भएको हो।

चीनको परराष्ट्र मन्त्रालयका अनुसार चेन्नईमा सी र मोदीबीच दोस्रो पटक अनौपचारिक वार्ता हुन लागेको हो। यसअघि चीनको वुहानमा पहिलो पटक यस्तो वार्ता भएको थियो।

उनले राष्ट्रपति सी कुन मितिमा भारत जाने र नेपाल कहिले आउने उल्लेख गरिनन्। तर सी शुक्रबार बेइजिङबाट भारतको चेन्नई पुग्ने र त्यो एक रात त्यहाँ बिताएर शनिबार अपरान्ह काठमाडौं आउने गरी तयारी भएको स्रोतहरूले जनाएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले बुधबार नै विज्ञप्ती जारी गरी राष्ट्रपति सी असोज २५ र २६ गते नेपाल भ्रमणमा आउने जनाएको छ।

राष्ट्रपति सी शनिबार काठमाडौंमा बसेर आइतबार बेइजिङ प्रस्थान गर्नेछन्।

चीनका राष्ट्रपतिले २३ वर्षपछि नेपालको भ्रमण गर्न लागेका हुन्। सी चिनफिङ राष्ट्रपति भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad