समाज


टीका लगाउन हिँडेका दम्पतीलाई खोलाले बगाउँदा मृत्यु

टीका लगाउन हिँडेका दम्पतीलाई खोलाले बगाउँदा मृत्यु

नेपालखबर
असोज २२, २०७६ बुधबार ४:५७,

दैलेखमा दसैंको टीका लगाउन ससुराली/माइत हिँडेका पति-पत्नीको खोलाले बगाएर मृत्यु भएको छ।

प्रहरीका अनुसार दुल्लु नगरपालिका–११ का ४५ वर्षीय इन्दबहादुर सुनार र उनकी श्रमती ४० वर्षीया खगिसरा सुनारलाई टीका लगाउने जाने क्रममा खोलाले बगाएको हो।

उनीहरू विजया दशमीका दिन (मंगलबार) बिहान आफ्नो घरमा टीका लगाइसकेपछि अपराह्नतिर नारायण नगरपालिका २ कुसाडास्थित ससुराली/माइत जाँदै थिए।

बीचमा पर्ने छामघाट खोला तर्ने क्रममा बगेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मंगलबार राति ८ बजेतिर मृतकको शव खोलाबाट निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad