ad ad

राजनीति


कांग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

कांग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

नेपालखबर
असोज १२, २०७६ आइतबार १२:४१,

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने दावी गरेका छन्।

नेपाली कांग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आइतबार काठमाडौँमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा महामन्त्री कोइरालाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए।

‘काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन सक्दैन’, उनले भने। महामन्त्री कोइरालाले वर्तमान सरकारले मुलुकलाई संकटमा पार्न खोजेको आरोप लगाए।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले नागरिक स्वतन्त्रतालाई हनन गर्न खोजेको बताए। ‘ज्ञानेन्द्र शाही नागरिक हुन्, उनको जुनसुकै ठाउँमा हिँड्ने र बोल्ने अधिकार सरकारले कुण्ठित गरेको छ’, उनले भने। वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उनको आरोप थियो।

काङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले वर्तमान सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सरकारले पूरा गर्न नसकेको उनको भनाइ थियो।

काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले दुई चरणको जागरण अभियानले पार्टी कार्यकर्तामा ऊर्जा थपिए पनि गुटउपगुट अन्त्य भएमात्र पार्टी बलियो हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .