चिनियाँ कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्ने जिम्मा पाएको छ।
मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच बाँकी काम गर्ने गरी आज एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरे।
सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम शुरु गरी सक्नुपर्ने खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ। चिनियाँ कमपनीसँग खानेपानी विकास समितिले सुरुङ मार्ग फिनिसिङका लागि दुई वटा ठेक्का सम्झौता गरेको हो। सुरुङ मार्ग फिनिसिङ सम्झौता भएको मितिबाट एक वर्षमा काम पुरा गर्नुपर्ने सम्झाैतामा नै उल्लेख गरिएको विकास समितिले जानकारी गराएको छ।
सुरुङमार्ग फिनिसिङको ठेक्कामा १२ सय मिटर फिनिसिङ, सुरुङमार्गको पहिचान गरिएका ठाउँमा रेट्रोफिटिङ, सुरुङमार्गबाट ट्रिटमेन्ट प्लान्टसम्म पाइप राख्नेलगायतका कामहरु रहेका छन्।
प्रतिक्रिया