राजनीति


कस्मिरमा भारतको कार्यले अतिवाद सिर्जना हुन्छः इमरान खान

कस्मिरमा भारतको कार्यले अतिवाद सिर्जना हुन्छः इमरान खान

नेपालखबर
भदौ २८, २०७६ शनिबार ६:२१,

पाकिस्तान प्रशासित कस्मिरको राजधानी मुजफ्फरवादमा शुक्रबार खानले भारतीय हेपाइले कस्मिरका जनता उत्पिडनमा परेको यसले त्यहाँ अतिवाद सिर्जना हुनसक्ने खानले बताएका हुन्।

उनले भारतीय कस्मिरको जनताका लागि आफूले अप्रत्याशित काम गर्ने पनि बताएका छन्। उनका अनुसार अहिलेसम्म त्यस्तो काम कसैले गरेका छैनन्।

पाँच अगष्टमा जम्मु कस्मिरको विशेष राज्याधिकार भारत सरकारले खोसेपछि त्यहाँ तनाव बढ्दै गएको छ।

धेरै इलाकामा धारा १ सय ४४ लागू भएको छ। जसका कारण त्यहाँ मोबाइल, इन्टरनेटको सेवा बन्द गरिएको छ।

सन् १९४७ को स्वतन्त्रतापछि भारतबाट पाकिस्तान अलग भएको थियो। त्यसयता देखि नै दुवै देशबीच कस्मिरको विषयलाई लिएर विवाद हुँदै आएको छ।

पाकिस्तानका अनुसार संयुक्त राष्ट्रसंघको प्रस्ताव र कस्मिरी जनताको इच्छाअनुसार कस्मिरको अन्तिम फैसला हुनुपर्छ।

तर भारतले कस्मिर आफ्नो अभिन्न अंग भएको बताउँदै पाकिस्तान प्रशासित कस्मिर पनि आफ्नो भएको दाबी गर्दै आएको छ।

शुक्रबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुण्ढ पार्टी बीजेपी र उसको वैचारिक संगठन आरएसएसको आलोचना गरे।

आरएसएस हिट्लर र मुसोलिनी विचारधाराको अर्को नमूना भएको उनको भनाइ रहेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .