ad ad

खेल


ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ

ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ

नेपालखबर
भदौ २८, २०७६ शनिबार ६:३८,

नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

शनिबार भएको १०औं चुनावी साधारण सभाले श्रेष्ठको नेतृत्वमा चार वर्षका लागि १९ सदस्यीय कार्यसमिती चयन गरेको हो।

उमेशलाल श्रेष्ठलाई ७ मतले पछि पार्दै जीवनराम दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। २७ मतमध्ये जीवनरामले १७ र उमेशलालले १० मत पाएका हुन्।

यसअघि चारवर्ष अघि भएको निर्वाचनमा पनि अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच नै प्रतिस्पर्धा भएको थियो। त्यसबेला जीवनरामले उमेशलाललाई नै पराजित गरेका थिए।

यस्तै निर्वाचनबाट ५ उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ तथा चतुरानन्द राजबैद्य निर्वाचित भए। ज्योती २६, सुनिल १८, तेज २०, अशोकले १५ तथा चतुरानन्द २२ मतका साथ विजयी भए।

जितपछि जीवनराम श्रेष्ठ:

उपाध्यक्षको  उम्मेदवारी दिएका राजीव श्रेष्ठ, पुष्पदास श्रेष्ठ र समिममियाँ अन्सारी भने पराजित भए। मुस्लिम आयोगका अध्यक्ष समेत रहेका अन्सारीले १२ तथा पुष्पदास र राजीव श्रेष्ठले ११-११ मत पाए।

कोषाध्यक्षमा यसअघि नै रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका थिए।

सचिव ३ पदमा दीपकहर्ष बज्राचार्य, तुल्सी थापा तथा रामजीबहादुर श्रेष्ठ निर्वाचित भए। दीपकले २५, तुल्सीले २१ र रामजीले १८ मत पाए। सचिव पदकै अर्का उम्मेदवार तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्व सदस्यसचिव केशबकुमार विष्ट भने पराजित भए। उनले १७ मतमात्रै पाए।

यस्तै महासचिवमा जीवनरामकै पक्षका निलेन्द्रराज श्रेष्ठ निर्वाचित भए। निलेन्द्रले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे। निलेन्द्रले १५ तथा पुरेन्द्रले १२ मत पाए।

यस्तै सदस्यहरुमा दीर्घबहादुर केसी २६, गोपालसुन्दर लालकक्षापति २६, होमबहादुर दोङ २५, प्रकाशशम्शेर राणा २६, राम अवाले २०, रमेश प्रसाद सिवाकोटी २६ र टासी घले २४ मतका साथ विजयी भए। 

सदस्यका अर्का प्रत्यसी मनोरञ्जनरमण श्रेष्ठ भने पराजित भए। उनले ९ मतमात्रै ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .