नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार समितिका सदस्य राममणि अधिकारीको निधन भएको छ।
भेरी अस्पतालमा उपचाररत अधिकारीको ७३ वर्षको उमेरमा बुधबार राति निधन भएको हो।
अधिकारीको निधनबाट पार्टी र क्रान्तिका लागि ठूलो क्षति भएको नेकपा (क्रान्तिकारी माओवादी)ले जनाएको छ।
पार्टी महासचिव मोहन वैद्य‘ किरण’द्वार जारी वक्तव्यमा अधिकारी नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन पश्चात पार्टीमा सम्मिलित भई २०३१ सालमा सम्पन्न चौथो महाधिवेशन कालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउनुका साथै १० वर्षे जनयुद्धमा पनि महत्वपुर्ण भूमिका खेलेको जनाएका छन्।

प्रतिक्रिया