उनी जत्तिको बक्सर विश्वमा अब कोही नजन्मिने मानिसहरु धारणा राख्दछन्। उनी आइरन माइक टाइसन, ब्याडेस्ट म्यान इन द प्लानेटको रुपमा परिचित छन्।
टाइसन सन् १९८६ मा २० वर्षको उमेरमै हेभिवेट च्याम्पियन उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए। उनको यस रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन।
हाल ५३ वर्ष पुगेका टाइसनले आफ्नो जीवनको एक अविस्मरणीय खुलासा गरेका छन्।
टाइसन १९८० को दशकको अन्तिममा आफ्नो खेल जीवनको सबैभन्दा सुनौलो समयमा प्रस्थान गरेका थिए।
त्यस समयमा टाइसनमा घमण्ड र रिस खुब बढेर गएको थियो। द सनका अनुसार टाइसन त्यस समयमा एकपटक चिडियाखाना घुम्न गएका थिए।
त्यसबखत चिडियाखानाको एक गुरिल्लाले टाइसनलाई रिसाएर हेरेको थियो। गुरिल्लाले टाइसनलाई आक्रमण गरुला झैं गरेको थियो।
टाइसनले त्यसबेला गुरिल्लासँग पिँजडामै जुध्नका लागि चिडियाखानाका मालिकलाई दशहजार अमेरिकी डलर प्रस्ताव गरेका थिए।
तर चिडियाखाना प्रशासनले त्यसो गर्न मानेनन्। टाइसनले हालै भनेका छन्,‘गुरिल्ला बलियो हुन्छन्। तर त्यसका आँखा बच्चाका जस्ता देखिन्छन्।’
टाइसनका अनुसार गोरिल्लालाई त्यसबेला उनले केही क्षणमै घाइते बनाएर लडाउने अनुमान गरेका थिए।

प्रतिक्रिया