नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले आउँदो दशैं तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवर्द्धन योजना सुजुकी ‘च च हु इ इ ल’ प्रारम्भ गरेको छ। यसअनुसार ग्राहकले सुजुकी ब्रान्डका कुनै पनि बाईक तथा स्कुटर किन्दा ग्यारन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एस एफ २५० बाइक जित्न सक्नेछन्।
च च हु इ इ ल अफर ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ। विभिन्न नवीनतम मोडल र डिजाइनहरुले गर्दा सुजुकी बाइक तथा स्कुटरले ग्राहकहरुको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकहरुलाई थप उत्साहित बनाउने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंह बताउँछन्।
स्क्र्याचबाटै १० हजार गनौँ खरर र बम्परमा जिक्सर एस एफ २५० चढौँ सरर नाराका साथ लागू गरिएको यो योजना सीमित समयका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया